बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , पुस ३ २०८२०५:२७
    अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    काठमाडौँ ।  विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् । 

    काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो ।

    काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन दुई सय ६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन् ।  मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन् । तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जना तथा रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस