बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • रविलाई छोड्न उच्च अदालतले राखेको पाँच शर्त


    हुलाक प्रेस

    • बिहीबार , पुस ३ २०८२०९:००
    रविलाई छोड्न उच्च अदालतले राखेको पाँच शर्त

    काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा पाँच वटा शर्त तोकेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले यस्तो शर्त राखेको हो ।

    यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न उच्चले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता राखेको भन्दै पाँच शर्तमा धरौटी स्वीकार गर्ने आदेश गरेको भनिएको छ ।

    उच्चले राखेको शर्तमा

    • जिल्ला अदालतबाट २०८१ माघ १३ मा सुरु थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने ।
    • लामिछानेले पेस गरेको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्ने ।
    • व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिने ।
    • अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोको हकमा थप दायित्व सिर्जनामा गरेमा तिर्न/बुझाउन मन्जुर भए सो को कागज गरी प्रतिवादी रवि लामिछानेलाई मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।
    • सुरु जिल्ला अदालतको २०८२ साउन २६ को आदेश बदर गर्ने ।


    प्रतिक्रिया दिनुहोस