बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो सुनको मुल्य


    हुलाक प्रेस

    • आइतबार, पुस ६ २०८२१२:४०
    घट्यो सुनको मुल्य

    काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ ।

    गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई  लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।

    गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो । 

    यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ ।

    चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो । आज एक तोला चाँदीको मूल्य रु चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    रासस


    प्रतिक्रिया दिनुहोस