बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, पुस ६ २०८२१२:४४
    ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

    ताप्लेजुङ । बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । 

    स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस