बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


    हुलाक प्रेस

    • बुधबार, पुस ९ २०८२०५:५४
    नेप्से  परिसूचकमा सामान्य अङ्कको सुधार

    काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

    आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ ।

    आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।
    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको शेयर किनबेच भएको छ ।

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #nepse
  • प्रतिक्रिया दिनुहोस