बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, पुस ९ २०८२०५:५९
    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    भद्रपुर झापा । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय  विनोद राईको मृत्यु भएको हो । 
     
    घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस