बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्पेनिस ला लिगामा गेटाफेविरुद्ध रायो भ्यालेकानोको सहज जित


    हुलाक प्रेस

    • बुधबार, पुस १८ २०८००९:१९
    स्पेनिस ला लिगामा गेटाफेविरुद्ध रायो भ्यालेकानोको सहज जित

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा रायो भ्यालेकानोले गेटाफेलाई सहजै हराएको छ।

    गेटाफेविरुद्ध भ्यालेकानो २–० गोल अन्तरले विजयी भएको हो। भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे भने ४७औँ मिनेटमा दोस्रो गोल गरेका थिए।

    तर खेल अवधिभर गेटाफेले एक गोल पनि गर्न सकेन। 

    यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंकका साथ तालिकाको ११औँ स्थानमा छ भने पराजित गेटाफे २६ अंक जोडेर आठौँ स्थानमा छ।


    प्रतिक्रिया दिनुहोस