बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालगञ्जमा फेरि कर्फ्यु


    हुलाक प्रेस

    • शुक्रबार, असोज १९ २०८००८:१७
    नेपालगञ्जमा फेरि कर्फ्यु

    काठमाडौँ । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो।

    सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्रबार) बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

    उनका अनुसार उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

    यस्तै राति ८ बजेदेखि मिति शनिबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र चार किल्ला तोकि कर्फ्यु आदेश जारी गरिएको छ।


    प्रतिक्रिया दिनुहोस