बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • डुबेर तीन वर्षीय बालकको निधन


    हुलाक प्रेस

    • सोमबार, पुस १४ २०८२०८:४१
    डुबेर तीन वर्षीय बालकको निधन

    भद्रपुर झापा । झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । 

    आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । 

    घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    बालकको शव हाल सोही अस्पतालमा राखिएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस