बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कञ्चनपुरमा करेन्ट लागेर २८ वर्षीया महिलाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, पुस १४ २०८२११:४५
    कञ्चनपुरमा करेन्ट लागेर २८ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

    आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् ।

    घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । रासस


    प्रतिक्रिया दिनुहोस