बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मंगरबार सुनको भाउ एकैपटक घट्यो ७ हजार ९ सय रुपैयाँ, कतिमा भइरहेको छ कारोबार?


    हुलाक प्रेस

    • मंगलबार, पुस १५ २०८२०१:००
    मंगरबार सुनको भाउ एकैपटक घट्यो ७ हजार ९ सय रुपैयाँ, कतिमा भइरहेको छ कारोबार?

    काठमाडौं । नेपाली बजारमा पहेंलो धातु (सुन)को मुल्यमा भारी गिरावट आएको छ । 

    मंगरबार सुनको भाउ सोमबारको तुलनामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुनको भाउ  २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    दिनकै जसो सुनको भाउ उकालो लागि रहेको बेला मंगलबार सुनको भाउ ह्वात्तै घटेको हो । 

    त्यस्तै, मंगलबार चाँदीको भाउ प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ । आज ४ हजार ५ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । 

    आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस