बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • मंगलबार, पुस १५ २०८२०८:४८
    पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।

    रौतहटका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार राजमार्गमा पल्टिएको ग्यास बुलेट उठाउने प्रयास दिनभरि नै जारी रह्यो । तर प्राविधिक कारणले ग्यास बुलेट उठाउन नसकिएको उनी बताउँछन् ।

    कँडेलका अनुसार ग्यास बुलेट पल्टिएको स्थान बस्तीभन्दा टाढा छ । जसका कारण ग्यास चुहिएर मानवबस्तीमा हुने जोखिम कम रहेको उनले बताए । दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिक टोलीले टाल्न नसकेपछि समस्या भएको कँडेलले बताए ।

    भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए ।


    प्रतिक्रिया दिनुहोस