शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


    हुलाक प्रेस

    • बुधबार, पुस १८ २०८००५:५४
    कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । कतार पठाइदिन्छु भन्दै २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो गोठाटारबाट पक्राउ गरेको हो।

    गिरीले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेका थिए। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

     


    प्रतिक्रिया दिनुहोस