बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै


    हुलाक प्रेस

    • बुधबार, पुस १६ २०८२११:३१
    विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

    गलकोट(बागलुङ) ।विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । 

    पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ ।  

    बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । रासस


    प्रतिक्रिया दिनुहोस