बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शीतलहरले वीरगन्जमा तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द


    हुलाक प्रेस

    • बुधबार, पुस १६ २०८२११:३६
    शीतलहरले वीरगन्जमा तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द

    वीरगञ्ज पर्सा । वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

    पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६  देखि  १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

    वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस