बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यायाधीशलाई धम्की दिएको आरोपमा राजकुमार तिमिल्सेना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, पुस १६ २०८२०७:०९
    न्यायाधीशलाई धम्की दिएको आरोपमा राजकुमार तिमिल्सेना  पक्राउ

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशलाई बारम्बार धम्की दिएको आरोपमा प्रहरीले राजकुमार तिमल्सिनालाई पक्राउ गरेको छ । पछिल्लो समय कारागारबाट भागेपछि उनले निरन्तर सर्वोच्चका न्यायाधीशलाई लाञ्छाना लगाउँदै आइरहेका थिए । सिधाकुरा अनलाइनले प्रसारण गरेको फेक अडिओ तयार गर्ने तिमिल्सेना जेनजी आन्दोलनका दिन भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका थिए । उनलाई न्यायाधीशमाथि धम्की दिएको आरोपमा पनि अनुसन्धान हुनेछ ।

    तिमिल्सिनालाई पोखराबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

    गएको असोज १३ गते सर्वोच्च अदालतले उक्त अडिओ फेक भएको ठहर गर्दै राजकुमारलाई ६ महिना कैदको फैसला सुनाएको थियो। सोही फैसला अनुसार कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका वेला भागेका थिए। 

    जेनजी आन्दोलनपछि फरार भएका उनले सामाजिक सञ्जालमार्फत न्यायाधीशहरूलाई गाली गरिरहेको पाइएको छ। झुटा र काल्पनिक अडिओ उत्पादन गरेर उनले अदालतको अवहेलना गरेको सर्वोच्चका ९ न्यायाधीशको इजलासले ठहर गरेको छ। 


    प्रतिक्रिया दिनुहोस