काठमाडौं । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे सत्ता गठबन्धनको बैठक सकिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
सत्तारुढ चार दलका नेताहरूबीचको बैठक बिहीबार बिहान बस्ने गरी सकिए लगत्तै ओली बालकोटबाट बालुवाटार पुगेका हुन्।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितलाई राखेर ओलीसँग संवाद गर्दैछन्।