बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो


    हुलाक प्रेस

    • शुक्रबार, पुस १८ २०८२०९:५२
    बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो

    काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज रन वे बाट चिप्लिएको छ । काठमाडौंबाट गएको जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो । उनका अनुसार विमानमा सवार सबै यात्रु सकुसल छन् ।

    ‘विमान रनवेको पिच क्षेत्रभन्दा बाहिर गएको छ, घाँसे मैदानमा पुगेको छ,’ शेर्पाले भने, ‘सबै यात्रुलाई सकुसल बाहिर ल्याइएको रिपोर्ट आएको छ ।’


    प्रतिक्रिया दिनुहोस