काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका दुई जना कारागार चलान भएका छन् ।
पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्याललाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।