बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कडा सुरक्षाका बीच मादुरो न्युयोर्कको अदालतमा पेस


    हुलाक प्रेस

    • सोमबार, पुस २१ २०८२०९:२२
    कडा सुरक्षाका बीच मादुरो न्युयोर्कको अदालतमा पेस

    काठमाडौं । भेनेजुएलाबाट जबर्जस्ती ल्याइएका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार, ५ जनवरीमा कडा सुरक्षाको घेरामा न्युयोर्कको संघीय अदालत ल्याइएको छ । ६३ वर्षीय मादुरोमाथि नशालु औषधिको तस्करी र आतंकवादका गम्भीर आरोपहरू छन् ।

    शनिबार, ३ जनवरीको बिहान अमेरिकी एलिट फोर्सहरूले हेलिकोप्टर र लडाकु विमानहरूको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य अभियानमार्फत उनीहरूलाई गिरफ्तार गरेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको कमान्ड अमेरिकाको हतामा रहेको स्पष्ट पारेका छन् र त्यहाँ चुनाव गराउने कुरा अहिले हतार हुने बताएका छन् ।

    यो सैन्य कारबाहीका क्रममा काराकासमा ठूलो रक्तपात भएको बताइएको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमीर पाड्रिनो लोपेजका अनुसार, अमेरिकी आक्रमणमा मादुरोको सुरक्षा टोलीका अधिकांश सदस्यहरू, सैन्य कर्मचारीहरू र धेरै नागरिकहरू मारिएका छन् ।

    यद्यपि, भेनेजुएलाको सेनाले अब कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको छ र जनतासँग शान्ति कायम राख्न अपील गरेको छ ।

    अर्कोतर्फ, काराकासका सडकहरूमा तनाव कायमै छ । आइतबार, ४ जनवरीमा मादुराका लगभग २,००० समर्थकहरूले झण्डा र हतियारहरू बोकेर र्‍याली निकालेर यो कारबाहीको विरोध गरेका छन् ।

    अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको ध्यान अहिले भेनेजुएलाका तेल स्रोतहरूमा नियन्त्रण र सुरक्षा व्यवस्थालाई सुधार्नेमा रहेको संकेत गरेका छन् जबकी तत्काल सत्ता हस्तान्तरणमा होइन ।


    प्रतिक्रिया दिनुहोस