बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शंखरापुर पिकनिक बस दुर्घटना : ३ जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, पुस २३ २०८२०९:१९
    शंखरापुर पिकनिक बस दुर्घटना : ३ जनाको मृत्यु

    काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये ५५ वर्षीया शान्ति गुप्ताको मात्रै परिचय खुलेको छ ।

    जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको थियो ।


    प्रतिक्रिया दिनुहोस