बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कुलमानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र


    हुलाक प्रेस

    • बुधबार, पुस २३ २०८२०९:४७
    कुलमानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

    काठमाडाैँ । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

    उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए ।  उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । 

    घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् ।  

    गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र  उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो । 

     


    प्रतिक्रिया दिनुहोस