बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालाजुमा नयाँ ट्रायल सेन्टर खोल्ने टेन्डर प्रक्रियामाथि अख्तियारको छानबिन


    हुलाक प्रेस

    • बुधबार, पुस २३ २०८२०९:५७
    बालाजुमा नयाँ ट्रायल सेन्टर खोल्ने टेन्डर प्रक्रियामाथि अख्तियारको छानबिन

    काठमाडौं । काठमाडौंको बालाजुमा ट्रायल सेन्टर खोल्न गरिएको टेण्डर प्रक्रियामाथि अख्तियारले छानबिन थालेको छ । सोसम्बन्धी कागजातसहित आवश्यक प्रमाण अख्तियारले लगेको छ ।

    काठमाडौं उपत्यकामा हाल सञ्चालनमा रहेका ४ ट्रायल सेन्टर नै पूर्ण क्षमता अनुसार नचलेको अवस्थामा सेटिङमा नयाँ केन्द्र थप्न लागिएको उजुरीपछि अख्तियारले चासो देखाएको हो । यो ट्रायल सेन्टर बागमती सरकार मातहत खोल्न लागिएको थियो । यातायात व्यवस्था कार्यालय बालाजुका प्रमुख चेतन भट्टराईले अख्तियारले मागेका कागजात पठाइएको बताए । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले पनि अनुसन्धानको लागि कागजपत्र माग गरिएको पुष्टि गरे ।

    बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले बालाजुमा नयाँ ट्रायल सेन्टर खोल्ने प्रक्रियामा अपारदर्शीता तथा नीतिगत प्रश्न उठाउँदै प्रक्रिया रोक्न निर्देशन दिएको थियो । निर्देशनपछि यातायातमन्त्री जयराम थापाले प्रक्रिया स्थगन गर्न निर्देशन दिएका थिए ।

    बालाजुको नाममा बोर्ड राखिएको भए पनि यो कार्यालय हाल स्वयम्भूबाट चलिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस