बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • क्रिकेटर मल्ल गौतम एजुकेशनको 'ब्रान्ड एम्बासडर' नियुक्त


    हुलाक प्रेस

    • बिहीबार , पुस २४ २०८२०८:२७
    क्रिकेटर मल्ल गौतम एजुकेशनको 'ब्रान्ड एम्बासडर' नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेज’ को 'ब्रान्ड एम्बासडर' मा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशनबीच मंगलबार सम्झौता भएको हो ।

    नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल 'आइसिसी टी–२० विश्वकप–२०२६' का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल भएका छन् ।

    लुम्बिनी लायन्समा आबद्ध मल्ल गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए ।

    उनी नेपाली सिनियर टोलीबाट पहिलो पटक विश्वकप क्रिकेट खेल्ने भएका छन् । मल्ल यसअघि एनपिएलको पहिलो संस्करण विजेता जनकपुर वोल्ट्समा आवद्ध थिए ।

    क्रिकेटर मल्लले गौतम एजुकेशनसँग जोडिन पाउँदा खुशी लागेको बताए । गौतम एजुकेसनका कार्यकारी निर्देशक इन्द्रजीत गौतमले मल्ल जस्तो उदीयमान खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । 


    प्रतिक्रिया दिनुहोस