काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका कुलमान घिसिङले रास्वपा त्याग गरेको घोषणा गरेका छन् ।
दुई पक्षबिच गत पुस १४ गते सहमतिपत्रमा हस्ताक्षर भएको भएपनि १२ दिनमै विभिन्न कारण देखाएर कुलमानले आज पार्टीबाट अलग्ग भएको घोषणा गरेका हुन् ।
घिसिङले रास्वपामा पहिलो वरीयताको उपसभापति बन्ने गरी रवि लामिछानेसँग गरेको एकता गरेका थिए ।
आजै उज्यालो नेपालको केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष घोषणा गरेको छ ।
सहमति गरेअनुसारको कार्यान्वयन हुन नसकेपछि दुवै पक्षबाट सहकार्य टुङ्गिएको जनाएका छन् ।