बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तनहुँमा एकैदिन तीन वटा शव फेला


    हुलाक प्रेस

    • शनिबार, पुस २६ २०८२०८:१०
    तनहुँमा एकैदिन तीन वटा शव फेला

    दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । 

    शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो ।

    मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस