बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • एसबीआई बैंकको शाखामा लुटपाट


    हुलाक प्रेस

    • मंगलबार, पुस २९ २०८२१०:४१
    एसबीआई बैंकको शाखामा लुटपाट

    काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् । एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    उनका अनुसार, बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस