बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , माघ १ २०८२११:०२
    सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एकजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

    मोरङको उर्लाबारीका सनमलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो । सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस