शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यस्तो रहने छ आजको मौसम


    हुलाक प्रेस

    • शुक्रबार, माघ २ २०८२१०:१४
    यस्तो रहने छ आजको मौसम

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस