शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, माघ २ २०८२१०:२७
    पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

    निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
    रासस


    प्रतिक्रिया दिनुहोस