बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्गा प्रसाईं पोखराबाट पक्राउ


    हुलाक प्रेस

    • सोमबार, माघ ५ २०८२०५:०९
    दुर्गा प्रसाईं पोखराबाट पक्राउ

    गण्डकी । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

    आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने । 

    यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो ।

    प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । 

    सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । 
    रासस


    प्रतिक्रिया दिनुहोस