काठमाडौं । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
दमक नगरपालिका ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।
मनोनयन दर्ता गर्न पुगेका बालेनलाई समर्थकले ठाउँठाउँमा कलस र बाजागाजा सहितको भिडले स्वागत गरेको थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाबाट झापा क्षेत्र नं ५ बाट उम्मेदवार बनेका छन् ।