काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले मनोनयन दर्ता गरेका छन् ।
समर्थकहरूसहित आयोग कार्यलय पुगेका साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका हुन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए ।