काठमाडौँ । भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ। अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।