शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मानव अधिकार आयोगले मतदानको अवस्थाबारे अनुगमन गर्छ : अध्यक्ष मगर


    हुलाक प्रेस

    • मंगलबार, माघ २० २०८२०६:१६
    मानव अधिकार आयोगले मतदानको अवस्थाबारे अनुगमन गर्छ : अध्यक्ष मगर

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् ।

    आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसंग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका हुन् ।

    सञ्चारमाध्यमले निष्पक्ष भएर गलत सूचनालाई रोक्ने गरि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । चुनावमा भइरहेको ठाउँमा कुनै किसिमबाट बुथ क्यापचर, मतदाताहरूलाई मतदान स्थल पुगि नदिने अवस्था भइरहेको छ वा छैन भन्ने कोणबाटपनि सञ्चार माध्यमले रिपोर्टिङ गरिदिन उनले आग्रह गरे ।

    अध्यक्ष मगरले कुनै उम्मेदवार वा दल विशेषको पक्षपोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न समेत सुझाव दिए ।

     


    प्रतिक्रिया दिनुहोस