बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केही स्थानमा वर्षा र हिमपातको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, माघ २६ २०८२०८:२४
    केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने विभागको भनाइ छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । 

    बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस