बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तुरीको विनासहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, माघ २७ २०८२०७:०७
    कस्तुरीको विनासहित दुई जना पक्राउ

    काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती नै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये परियार पूर्वआर्मी हुन् । उनी नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी रहेको एक अनुसन्धान अधिकृतले बताए ।

    बिना बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ३० ग्राम बराबरको बिना बरामद भएको छ ।


    प्रतिक्रिया दिनुहोस