बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ९० लाख अकुत सम्पत्ति आर्जनमा अहेबविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • शुक्रबार, असोज १९ २०८००५:४४
    ९० लाख अकुत सम्पत्ति आर्जनमा अहेबविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनले ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लगाउँदै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    दायर गरिएको मुद्दामा उनीसँग अख्तियारले ९० लाख ३९ हजार ६२० रुपैयाँ बिगो दाबी गरेको छ । अख्तियारका अनुसार २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको अवधिमा कोइरालाले वैधानिक रूपमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको थिए ।

    सोही अवधिमा कोइरालाले ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानका क्रममा पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस