बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रसुवा एमालेका पूर्व जिल्ला अध्यक्ष ढकाल कांग्रेसमा प्रवेश


    हुलाक प्रेस

    • बिहीबार , फागुन ७ २०८२०८:३६
    रसुवा एमालेका पूर्व जिल्ला अध्यक्ष ढकाल कांग्रेसमा प्रवेश

    काठमाडौं । नेकपा एमाले रसुवाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकाल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार दलबलसहित ढकाल कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता दिँदै ढकालसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् । प्रवेश गर्ने नेता-कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधिको समूह छ ।

    यसैबीच बिहीबारै एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस