बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रसिया र युक्रेनका लागि श्रम स्वीकृत बन्द


    हुलाक प्रेस

    • बिहीबार , पुस १९ २०८००७:३३
    रसिया र युक्रेनका लागि श्रम स्वीकृत बन्द

    काठमाडौं । रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन भएको छ । वैदेशिक रोजगार विभागले बिहिबार एक सूचना जारी गर्दै उक्त २ देशकालागि स्वीकृति स्थगन गरिएको जनाएको हो । 

    रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको उल्लेख गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्वीकृति स्थगन गरेको विभागले जनाएको छ । 

    विभागका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्युनीकरण गर्न स्विकृती स्थगन गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस