बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली


    हुलाक प्रेस

    • सोमबार, फागुन ११ २०८२०८:४७
    गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

    काठमाडौँ । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ ।

    सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ । गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको हो ।

    जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ । केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस