बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धादिङ बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत


    हुलाक प्रेस

    • सोमबार, फागुन ११ २०८२१०:३६
    धादिङ बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत

    काठमाडौँ । धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।

    सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।

    ज्यान गुमाएका ९ जनाको दिउँसो सनाखत भएको थियो। अहिले थप १० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए। पछिल्लो समय सनाखत हुनेमा तनहुँका ६३ वर्षीय रूद्रप्रसाद ढकाल, २० वर्षीया अर्चना पौडेल, कास्कीकी २१ वर्षीया अञ्जली क्षेत्री, २१ वर्षीय रोहित नेपाली, स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी, काठमाडौंकी ३३ वर्षीया अनिशा महर्जन, मोरङकी २७ वर्षीया हिरा चौधरी, कास्कीका २६ वर्षीय सुजित नेपाली, भारतका ३२ वर्षीय मनिष शुक्ला र चीनकी ४० वर्षीया झाड्ड चुनचन छन्। 

    यस्तै, दिउँसो सनाखत हुनेमा पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठ छन्।

    एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको थियो। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खसेको थियो।

    दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। १० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।


    प्रतिक्रिया दिनुहोस