काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि मालीसम्मका विभिन्न पदहरूमा आवेदन माग गरेको छ ।
सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले शुक्रबार सूचना प्रकाशन गर्दै ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका व्यक्तिहरूले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
