बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू


    हुलाक प्रेस

    • सोमबार, फागुन १८ २०८२१०:०९
    कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

    काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ ।

    अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

    कतारी हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कतारको सिभिल एभिएसन अथोरिटीको वेबसाइटमा हेर्न अनुरोध गरेको छ ।

    त्यस्तै, अफवाहपूर्ण सूचना सामग्री तथा घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा नगर्न र भिडभाड हुने स्थानमा आवश्यकताबाहेक नजान पनि अनुरोध गरको छ ।

    अपरिचित शव वा शंकास्पद वस्तुनजिक नगइदिन पनि दूतावासले अनुरोध गरेको छ । "सुरक्षितसाथ घरभित्रै बसिदिनुहोला तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहोला," दूतावासले भनेको छ ।

    दूताबासले मोबाइल फोन पूर्ण चार्जमा राख्नुका साथै केही नगद र महत्त्वपूर्ण परिचयपत्र पनि आफूसँग राख्न आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस