काठमाडौं । अमेरिकी सेनाले इरानविरुद्धको अभियान सुरु भएयता थप एक गरी कुल चार सैनिक ‘ड्युटी’कै क्रममा मारिएको जनाएको छ ।
आइतबार अमेरिकी केन्द्रीय कमान्डले तीन सैनिकको मृत्यु भएको र पाँचजना गम्भीर घाइते भएको घोषणा गरेको थियो ।
“इरानको सुरुआती आक्रमणका क्रममा गम्भीर घाइते भएका चौथो सैनिक सदस्यको उपचारका क्रममा मृत्यु भएको छ,” विज्ञप्तिमा जनाएको छ ।
“मुख्य सैन्य कारबाहीहरू जारी छन् र हाम्रो जवाफी प्रयास अझै अगाडि बढिरहेको छ,” कमान्डले अगाडि भन्यो ।