बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशभर सुरु भयो मतदान


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०८:०७
    देशभर सुरु भयो मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । आज (फागुन २१) बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

    निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजारस्थित महेन्द्र मावि केन्द्रबाट मतदान गरेकी छन् ।

    अर्का निर्वाचन आयुक्त सगुनशमशेर जबराले काठमाडौंको धापासीस्थित केन्द्रबाट मतदान गरेका छन् ।

    काठमाडौंसहित विभिन्न जिल्लास्थित केन्द्रमा मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस