बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो हुनेछ मौसम


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०८:१२
    पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो हुनेछ मौसम

    काठमाडौं । देशका धेरै स्थानमा आज (फागुन २१) मौसम सफा रहने पूर्वानुमान छ ।

    दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    “बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

    महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

    यस दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । “बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले भनेको छ, “तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।”


    प्रतिक्रिया दिनुहोस