बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बार्सिलोनाको जितमा गुन्डोगानको निर्णायक गोल


    हुलाक प्रेस

    • शुक्रबार, पुस २० २०८०१०:०१
    बार्सिलोनाको जितमा गुन्डोगानको निर्णायक गोल

    काठमाडौं । इल्काइ गुन्डोगानले इन्ज्युरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले लास पाल्मासविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।

    बिहीबार राति पाहुना टोली बार्सिलोनाले १–० ले पछिको स्थितिबाट पुनरागमन गर्दै तीन अंक निश्चित गरेको हो । बार्सिलोनाको जितमा युवा खेलाडी फेरान टोरेस र गुन्डोगानले गोल गरे ।

    घरेलु टोलीका मुनिर इल हदादीले १२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बार्सिलोनाका टोरेसले ५५औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए । इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई गुन्डोगानले सदुपयोग गरेपछि बार्सिलोनाले रोमाञ्चक जित पक्का गरेको हो ।

    पाल्मासका सिन्ग्राभेनले १८ यार्ड बक्सभित्र गुन्डोगानलाई लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको हो । जसमा गुन्डोगानले कुनै गल्ती गरेनन् । फाउल गरेका सिन्ग्राभेन रातो कार्डको दर्शक गर्दै मैदान छाडेपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

    यो जितले बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलबाट ४१ अंक जोडेको छ । लास पाल्मास समान खेलबाट २५ अंकसहित दशौँ स्थानमा छ । समान ४८ अंक भए पनि जिरोनालाई पछि पार्दै रियाल मड्रिड शीर्ष स्थानमा छ ।

    बिहीबार राति नै भएको खेलमा ओसासुनाले अल्मेरियालाई १–० र एथ्लेटिक बिल्वाओले सेभियालाई २–० ले हरायो ।


    प्रतिक्रिया दिनुहोस