बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हावाहुरीको जोखिमबाट कसरी बच्ने ?


    हुलाक प्रेस

    • शुक्रबार, चैत ६ २०८२०८:४३
    हावाहुरीको जोखिमबाट कसरी बच्ने ?

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने बताएको छ । आज पश्चिम नेपालका सुदूरपश्चिम र कर्णालीमा तथा भोलि पूर्वी नेपालका भूभागमा हावाहुरी र वर्षाको सम्भावना  भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन प्राधिकरणले आग्रह गरेको छ । 

    प्राधिकरणले हावाहुरीको जोखिमबाट जोगिन विभिन्न उपाय अपनाउन सकिने बताएको छ ।

    प्राधिकरणका अनुसार यी हुन् हावाहुरीको जोखिमबाट जोगिने उपाय:–
    १. हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउने ।
    २. फुसको छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँध्ने ।
    ३. घर बनाउँदा नै हावाहुरीप्रतिरोधी छानाको निर्माणमा ध्यान दिने ।
    ४. जस्तापाताको छानालाई ‘जे हुक’ले कसेर बाँध्ने ।
    ५. घरको छतमा गमला, इँटाजस्ता सामग्रीलाई खुला नराख्ने, फलामको रेलिङ वा नझर्ने गरी व्यवस्थित तरिकाले मात्र राख्ने ।
    ६. हावाहुरी चलेको बेला घरबाहिर नजाने ।
    ७. हावाहुरी चलेको समयमा झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्ने ।
    ८. यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चले सुरक्षित स्थानको खोजी गरेर बस्ने ।
    ९. बजार तथा भीडभाडमा भएको बेला हावाहुरी चले भागदौड नगर्ने, विस्तारै सुरक्षित स्थानमा गएर बस्ने ।
    १०. खुला ठाउँमा भएको बेला ठूलो हावाहुरी चले थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परेर बस्ने ।
    ११. हावाहुरी चल्दा रुखमुनि र कमजोर भौतिक संरचना भएको स्थानमा नबस्ने ।
    १२. हावाहुरीको समयमा खुला ठाउँमा आगो नबाल्ने


    प्रतिक्रिया दिनुहोस