बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिका, चीन, भारत र बेलायत बालेन सरकारसँग काम गर्न तयार, कसको चासो केमा ?

    हुलाक प्रेस

    • शुक्रबार, चैत १३ २०८२०९:४५
    अमेरिका, चीन, भारत र बेलायत बालेन सरकारसँग काम गर्न तयार, कसको चासो केमा ?

    काठमाडौं । शक्ति राष्ट्रहरू अमेरिका, चीन, भारत, बेलायतलगायतले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

    शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै ती देशले सहकार्य गर्ने इच्छा व्यक्त गरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विशेष समारोहबीच बालेनलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराएका थिए । त्यसपछि शुक्रबार नै अन्य १५ जना मन्त्री नियुक्त गरी शपथ गराइएको थियो ।

    नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् । पदभार ग्रहण गरिनसक्दै शक्ति राष्ट्रहरूले प्रधानमन्त्री बालेन र नयाँ सरकारलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिन सुरु गरेका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गरेकोमा बालेनलाई बधाई दिएका छन् ।

    “यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु ।”

    चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेन र सरकारलाई बधाई तथा शुभकामना दिएका छन् ।

    “चीन प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा बधाई ज्ञापन गर्दछ र परम्परागत मित्रता र व्यावहारिक सहयोगलाई अझ सुदृढ पार्न नेपालको नयाँ सरकारसँग काम गर्न तयार छ,” चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिएको छ । “नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई,” अमेरिकी दूतावासले भनेको छ, “अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँगसहकार्य गर्न उत्सुक रहेको छ ।”

    बेलायतले पनि शुक्रबार नै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ । काठमाडौंस्थित बेलायती दूतावासले बधाई दिएको हो ।

    “हामी बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा बधाई दिन्छौँ,” बेलायती दूतावासले भनेको छ, “बेलायतको नेपालसँगको मित्रता आधुनिक साझेदारीमा परिणत हुँदै छ, जुन समयको आवश्यकताहरूमा केन्द्रित छ, आर्थिक वृद्धि, युवा रोजगारी, र जलवायु उत्थानशीलता ।”

    नयाँ सरकारले आफ्नो प्राथमिकताहरू निर्धारण गर्दै जाँदा, यी र अन्य क्षेत्रहरूमा सहकार्य गर्न बेलायत तत्पर रहेको दूतावासले जनाएको छ ।

    युरोेपेली युनियन (ईयू) ले प्रधानमन्त्री नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनलाई बधाई दिएको छ । ईयूले नेपाल र नेपाली जनतासँगको लामो समयदेखिको सम्बन्धलाई अझ विकास गर्न र नेपाल सरकारको विकास प्राथमिकताहरू कार्यान्वयन गर्न सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

    “प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको नयाँ सरकारलाई पदभार ग्रहण गरेकोमा युरोपेली संघ बधाई ज्ञापन गर्दछ,” ईयूको विदेश मामिलासम्बन्धी प्रवक्ता अनौअर एल अनौनीले सामाजीक सञ्जाल एक्समा लेखेका छन् ।

    नवनियुक्त प्रधानमन्त्री बालेनलाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले बधाई दिएका छन् ।

    पाकिस्तानका राष्ट्रपति जरदारीले नेपालमा युवा नेतृत्वको उदय भएको भन्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका छन् । राष्ट्रपति जरदारीले बालेनको नियुक्तिलाई विशेष महत्त्व दिँदै दक्षिण एसियाको भविष्य निर्माणमा युवा नेतृत्व अगाडि आउनु उत्साहजनक रहेको बताएका छन् । पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई निकै महत्त्व दिने कुरामा उनले जोड दिएका छन् ।

    पाकिस्तानका प्रधानमन्त्री सरिफले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको भारी बहुमतलाई शानदार विजयको संज्ञा दिँदै पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको सम्बन्धलाई उच्च महत्त्व दिने बताएका छन् ।

    क्षेत्रीय शान्ति र स्थिरताका लागि नेपालसँग सहकार्य सुदृढ बनाउन आफू उत्सुक रहेको पाकिस्तानका प्रधानमन्त्री सरिफले उल्लेख गरेका छन् ।

    बालेनलाई जापानकी प्रधानमन्त्री ताकाइची सानाएले बधाई ज्ञापन गरेकी छन् । जापानकी प्रधानमन्त्री सानाएले बालेनलाई नेपालको प्रधानमन्त्री नियुक्त भएको र कार्यभार सम्हालेकोमा खुसी व्यक्त गरेकी छन् ।

    उनले नेपाल र जापानबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्री बालेनसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छन् ।

    सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले जनताबाट प्राप्त गरेको बलियो जनादेशले शाहको नेतृत्वप्रति जनताको विश्वासलाई झल्काउने उनले बताएका छन् ।

    सिंगापुर र नेपालबीचको सम्बन्ध न्यानो र मैत्रीपूर्ण रहेको उनले उल्लेख गरेका छन् । उनले जनस्तरको घनिष्ट सम्बन्ध र बहुपक्षीय मञ्चहरूमा भइरहेको राम्रो सहकार्यको चर्चा गरेका छन् ।

    सिंगापुरका प्रधानमन्त्री वङले आगामी दिनमा दुई देशबीचको न्यानो सम्बन्धलाई अझ गहिरो बनाउन बालेनसँग मिलेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् । उनले नयाँ प्रधानमन्त्री बालेनको सुस्वास्थ्य र नयाँ भूमिकामा पूर्ण सफलताको कामना गरेका छन् ।

    बालेनलाई फिनल्यान्ड, फ्रान्स, भुटान, स्वीट्जरल्यान्ड, नर्वेलगायतले पनि बधाई तथा शुभकामना दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस